अतिथिविनै महोत्सव उद्घाटन
धादिङ-मञ्चमा न कुर्सी न अतिथी नै । स्थगित गरिएको प्रथम गजुरी महोत्सव भद्राकाली गुरुकुल विद्यालयका वटुकहरुले मंगलबार मन्त्र वाचन गरेर उद्घाटन गरे । मञ्चमा गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगानाको उपस्थित थियो । अध्यक्ष बस्नेत, उपाध्यक्ष ढुंगाना पनि वटुकहरुसँगै उभिएर उद्घाटनलाई साथ दिए । महोत्सव उद्घाटन पूर्व विद्यार्थी, महिला समुह र स्थानीयवासीले विभिन्न किसिमका झाँकी तथा -यालीसहित महोत्सवस्थल गएका थिए ।
यसअघि चैत १२ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने महोत्सव प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आयोजकलाई बोलाएर कोरोनाको संक्रमण बढेकाले महोत्सव स्थगित गर्न आग्रह गरेका थिए । चैत ११ गते सिसिएमसीको बैठक बसेर मेला महोत्सव भिडभाड हुने गतिविधि गर्न रोक लागएको कारण स्थगित भएको थियो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रथम गजुरी महोत्सव गर्ने कार्यक्रम तय भएको थियो ।
प्रथम गजुरी महोत्सव साना तथा मझौला व्यवसायी महासंघ धादिङको आयोजनामा २०७७ चैत २३ देखि २०७८ वैशाख २ गतेसम्म सञ्चालन हुने छ । एक घर एक उत्पादन भन्ने नारासहिते उद्यम व्यवसायको विकास र प्रर्वद्धनमा टेवा पु-याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको दावी छ ।
महोत्सवमा साना तथा मझौला उद्योगका उत्पादन कृषि, दुग्धजन्य, प्रर्दशनी तथा बिक्री, खाना महोत्सव, अटो, हस्ताकला, मेसेनरी, फुड एण्ड वेभरेज, गार्मेन्ट, कार्पेट, स्टल राखिने तयारी थियो । महोत्सवको आर्कषणका रुपमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रर्दशनी, हेलिकोप्टरबाट दृष्यावलोकन, विभिन्न खेल तथा मनोरन्जन, कृषि प्रर्दशनी रहने आयोजकले बताएको छ ।