मोटर -याली गर्दै व्यवसायीहरु मुक्तिनाथ यात्रामा
पोखरा-आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, मोटर खेलको विकास र सुरक्षित यात्राको जनचेतना फैलाउने उद्देश्यका साथ चितवनबाट पोखरा हुँदै मोटर -याली मुुक्तिनाथ यात्रा पूरा गरेको छ । नेपाल अटो मोबाइल एसोसिएसन बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा २ दिने मोटर -याली सम्पन्न भएको नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक राजन पियाले बताए ।
पहिलो पटक चितवनदेखि मुक्तिनाथसम्म मोटर -याली आयोजना गरिएको संयोजक पियाले बताए । चितवनको भरतपुरबाट सुरु भएको -याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्म पुग्यो भने केही लोमान्थाङसम्म जाने भएको संयोजक पियाले जनाए ।
¥यालीमा २४ वटा सवारी साधनमा करिब १ सय जना सहभागी भएको आयोजकले जनाएको छ । चितवनको देउघाटदेखि विश्व चचित धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरसम्म जोड्न कार्यक्रमले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
¥यालीको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले शुभारम्भ गरेकी थिइन् । सन् २०२२ मा मुस्ताङको लेते माथि कालापानीमा अन्तर्राष्ट्रिय जिम खाना (गाडी घुमाउने चलाउने) हुने भएकोले त्यसको पूर्व अवसरमा फिल्ड भिजिट समेत भएको पियाले बताए ।
यसैबीच, ¥यालीमा सहभागी टोलीलाई पोखरामास्वागत गरिएकोे नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले बताए । चितवनबाट पोखरा हुँदै मुत्तिनाथ मन्दिरसम्मको यात्रामा निस्केको टोलीलाई हौसला स्वरुप पोखरामा स्वागत सत्कार गरिएको उनले जनाए ।
नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक पियासहितको टोलीलाई प्रमुख भण्डारीसहित आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, टेसा पोखराका अध्यक्ष नारायण सापकोटा, पर्यटन व्यवसायी रामचन्द्र शर्मालगायतले स्वागत गरेका थिए ।