रिलायन्स फाइनान्स १० औं वर्षमा «

रिलायन्स फाइनान्स १० औं वर्षमा

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो ९ औं वर्ष पूरा गरी दसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्नवर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूका लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाडौं नपा–२१ ज्याबहालस्थित नवयुग माध्यमिक विद्यालयका निम्न आय भएका गरिब विद्यार्थीहरूलाई ड्रेस तथा स्टेसनरी वितरण गर्ने तथा काठमाडौं जिल्ला सलम्बुटार साखु, काठमाडौंस्थित द्वन्द्व पीडित तथा अपांग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्तमनस्थिति भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गर्ने कार्य सम्पन्न गरियो ।
उक्त कार्यक्रममा रिलायन्स फाइनान्सका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, निर्वतमान अध्यक्ष कुशप्रसाद मल्ली र संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले उक्त सहयोग सामग्री हस्तातरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्