प्रभु बैंकको ७ एक्स्टेन्सन काउन्टर «

प्रभु बैंकको ७ एक्स्टेन्सन काउन्टर

नेपाल–भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोसीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले मंगलबारदेखि एक्स्टेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको छ । भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार राजस्व संकलन काउन्टर उद्घाटन भएको बैकले जनाएको छ । त्यसैगरी अन्य भन्सार कार्यालयका एक्स्टेनसन काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुबाट उद्घाटन भएको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्