रेड्मी नोट–१० स्मार्टफोन बजारमा «

रेड्मी नोट–१० स्मार्टफोन बजारमा

विश्वव्यापी टेक्नोलोजी लिडर शाओमी नेपालले रेड्मी नोट श्रृंखलाको १०औं जेनेरेसन सार्वजनिक गरेको छ। आधुनिक सुविधासहित रेड्मी नोट–१० बजारमा ल्याइएको कम्पनीले बताएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फोनमा विशेषगरि क्यामरा, डिस्प्ले र कार्य क्षमतालाई जोड दिएको बताए । यसमा ६.४३ इञ्चको डिस्प्ले छ। फोन सुरक्षाको लागि साइड–माउन्टेट फिंगर प्रिन्ट स्क्यानरको सुविधा रहेको छ । यसमा स्टेरियो स्पिकर गरिएकाले बिना अवरोध आवाज सुन्न सकिन्छ ।
फोनमा ४ क्यामरा दिइएको छ । जसमा ४८ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सल म्याक्रो र २ मेगापिक्सल डेप्थ क्यामरा छ । त्यस्तै, सेल्फीका लागि १३ मेगापिक्सलको क्यामरा छ । यो तीनवटा भेरियन्टमा उपलब्ध छ ।
४ जिबी ¥याम र ६४ जिबी स्टोरेजको २१ हजार ९ सय ९९ र ४ जिबी ¥याम र १२८ जिबी स्टोरेजको २२ हजार ९ सय ९९ र ६ जिबी ¥याम र १२८ जिबी स्टोरेजको २४ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री दिइएको छ । यो फ्रस्ट ह्वाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक गरी तीन रङमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्