साथीमार्टले फ्रेन्चाइज आवेदन खोल्यो

नेपालकै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालकै सबैभन्दा धेरै र नेपालभर शाखा सञ्जाल भएको साथीमार्टले यसअघि बजार बिस्तार गर्नको लागि लिदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो । कुनैपनि वस्तुको बिक्री तथा व्यापार वृद्धि गर्नमा केन्द्रीत हुनुका लागि यसअघि लिइँदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सीइओ सागर पोखरेलले जानकारी दिए ।
मार्टले हाल सीमित अवधिको लागि फ्रेन्चाइज शुल्कसमेत नलिने पोखरेलले बताए । योसँगै अझ रफतारमा बजार बिस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ । साथी मार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सय भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
कम्पनीले साथी प्रडक्शन मार्फत अचार, ड्राइफुड, चिया, कफी, दाल चामल, घ्यू गुन्द्रुक जस्ता नेपाली अर्गानिक वस्तुहरु तथा कस्मेटिक सामान, साबुन र सरफलगायत २ सय भन्दा बढी उत्पादन गरी आफ्नै आउटलेटबाट र आउटलेटलाई नै डिस्टिब्युटर बनाई होलसेलमा बिक्री गर्ने योजना समेत कम्पनीले बनाएको पोख्रेलले बताए । नयाँ शाखा खोली काठमाडौंमा २०० को संख्या पु¥याउने लक्ष्य समेत राखेको छ ।