गरिमा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता «

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एसके तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरूले विकास बैंकका सम्पूर्ण ६६ वटा शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बिमा पोलिसी खरिद गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्