डाबर स्पेसल हेयर आयल आकर्षक नयाँ प्याकमा «

डाबर स्पेसल हेयर आयल आकर्षक नयाँ प्याकमा

 डाबर नेपालले आफ्नो उत्कृष्ट उत्पादन डाबर स्पेसल हेयर आयल नयाँ र आकर्षक प्याकमा बजारमा ल्याएको छ । ब्रान्डलाई नयाँ स्वरूप दिन नयाँ लेवलका साथ फिल्प कप बिर्कोसहितको नयाँ प्याक उपभोक्ताहरू माझ बजारमा उपलब्ध रहेको भन्दै कम्पनीले प्राकृतिक तत्व हिस्विकस र लेमन सम्मिश्रण रहेको आयलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान गर्ने जनाएको छ ।
नयाँ प्याक बजारमा उपलब्ध भएसँगै ‘कन्फिडेन्स सुन्दरताको’नाराका साथ लोकप्रिय गायिका इन्दिरा जोशीलाई ब्रान्ड एम्बेस्डरका रूपमा अनुबन्धित गरिएको यो नयाँ प्याकमा स्पेसल अफर राखिएको छ । जसमा उपभोक्ताहरूले ५० मिलिमा ५/१०० रुपैयाँ मिलिमा १०/२०० रुपैयाँ मिलिको प्याकमा १५ रुपैयाँको छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्