सेयर बजारमा नयाँ कीर्तिमान «

सेयर बजारमा नयाँ कीर्तिमान

साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।
सेयर बजार परिसूचक (नेप्से) आइतबार २५.७१ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २६५७.६१ मा पुगेको छ । यसअघि गत फागुनमा नेप्से परिसूचक २६४०.३५ बिन्दुमा पुगेर नयाँ कीर्तिमान राखेको थियो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि आइतबार ९ अर्ब रुपैयाँ पुगेको छ । गत बिहीबार ७ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
कूल २ सय १२ कम्पनीको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइतबार एकैदिन ४७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अधिकांश बिमा कम्पनीले पुँजी वृद्धिको घोषणा गरेसँगै आइतबारको बजारमा सबैभन्दा बढी बिमा कम्पनीको समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस्