सिप्रदीको आधिकारीक सर्भिस सेन्टर मेलम्चीमा «

सिप्रदीको आधिकारीक सर्भिस सेन्टर मेलम्चीमा

सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा कमर्सियल गाडीका ग्राहकलाई आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले उक्त वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएको हो ।
टाटा मोर्टस ग्राहक सेवा अन्तर्गतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्धघाटन गरेका हुन् । ग्राहकले सबै टाटा कमर्सियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सेन्टरबाट पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्