२ वडामा निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सुरु
भक्तपुर नपाको आयोजनामा भनपा–२ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर शनिबार बिहान जेसिज इङ्गलिस स्कुलको प्रांगणमा सुरु भएको छ । फैलिँदो स्तन क्यानसर र पाठेघर क्यान्सरबाट धेरै महिलाहरूबाट यसबाट पीडित बनिरहेको अवस्थामा नगरवासी महिलाहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले उक्त शिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर उपचार निकै महँगो भएका कारण समयमै यो रोगको पहिचानको लागि भक्तपुर नपाले नगरका सबै वडाहरूमा निःशुल्क रूपमा परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए ।
रोगले व्यक्तिमा शारीरिक र मानसिक असर पु¥याउने हुँदा समयमै आफूसँग रोग भए÷नभएको परीक्षणहरू गरिरहनुपर्ने बताउँदै नगर प्रमुख प्रजापतिले मानिस धनीभन्दा पनि स्वस्थ हुनुपर्नेमा जोड दिए ।
भक्तपुर नपाले जनस्वास्थ्य सेवा केन्द्रमार्फत निरन्तर जनतालाई सेवा प्रदान गर्दै आइरहेको बताउँदै उनले भक्तपुर नपाद्वारा निर्माणाधीन ख्वप अस्पतालले स्तरीय र सुविधासम्पन्न स्वास्थ्य सेवाहरू प्रदान गर्ने उद्देश्य नगरपालिकाको रहेको बताए ।
भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको बताउँदै भक्तपुर नपाले गरिब जनतालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक ऋण तथा छात्रवृत्ति, कृषि प्राविधिक तालिम, घरदैलो नर्सिङ सेवालगायतका कार्यहरूमा जोड दिँदै आएको छ ।
कार्यक्रममा वडा सदस्य तुल्सीलक्ष्मी दुमरुले स्वस्थ रहनु भनेकै धनी हुनु हो भन्दै नियमित ब्यायाम र नियमित स्वास्थ्य जाँचका कारण महिलाहरू सम्भावित रोगहरूबाट बच्न सकिने बताए ।
वडा नं. २ का स्थानीय राजन जतिले कोभिड महामारीका रूपमा फैलिएको समयमा राम्रोसँग उपचार नपाएका धेरै अहिले स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताउँदै वडाले सञ्चालन गर्ने गतिविधिहरूमा वडावासीहरूको सक्रिय सहभागिता रहनु सकारात्मक रहेको बताए ।
शिविरमा भक्तपुर क्यानसर अस्पतालका डाक्टर रोशनी छुकांले महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए–नभएको पत्ता लगाइने र व्यक्तिगत सरसफाइमा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने बताए ।