कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित «

कामना सेवा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५-०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताकोरुपमा सम्मानित गरिएको हो ।
बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्रि विष्णुप्रसाद पौडेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरे । बैंकले आ.व. २०७४-०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सम्मान प्रदान गरिएको थियो । आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान गर्दै आएको छ ।
राज्यप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्रनिर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु-याउने लक्ष्यसहित स्थापित बैंकलाई राज्यद्वारा प्रदान गरिएको सम्मानले अझ बढी हौसला प्रदान गरेको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्