धेरै कर तिरेको भन्दै आइएमई रेमिट चौथो पटक सम्मानित «

धेरै कर तिरेको भन्दै आइएमई रेमिट चौथो पटक सम्मानित

आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले एक समारोहबीच सबैभन्दा बढी कर तिरेको भन्दै आइएमई रेमिटलाई चौथो पटक सम्मान गरेको हो । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । गत कात्तिकमा कर दिवसको उपलक्षमा पुरस्कारको घोषणा भएपनि तिहार र कोरोनाको महामारीका कारण विभागले औपचारिक कार्यक्रम आयोजना गर्न सकेको थिएन ।
यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौं राष्ट्रिय कर दिवसका अवसरमा विभागले विभिन्न कम्पनीलाई सम्मा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्