वीरगञ्ज उवा संघमा रोजगारदाता परिषद्
वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ कार्य समितिको प्रथम कार्य समिति बैठकले संघको रोजगारदाता परिषद्को संयोजकमा माधव राजपाललाई मनोनयन गरेको छ ।
संघको विधानअनुसार रोजगारदाता परिषद्को संयोजक कार्य समितिमा तृतीय उपाध्यक्ष मनोनयन गर्ने प्रावधान छ । माधव राजपाललाई संघका अध्यक्ष गुप्ताले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा अध्यक्ष गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य संघले विगतका वर्षदेखि नै उठाउँदै आएको यस क्षेत्रको उद्योग, व्यापार र पारवहनलगायतका क्षेत्रहरुको सन्तुलित विकासलाई अझ प्रमुखताका साथ उठाउने बताए । उनले अन्यौलपूर्ण परिस्थितिमा निजी क्षेत्रको भूमिका र अपेक्षालाई नेपाल सरकार संग सहकार्य गरेर अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधानका बाटो पैल्याउने प्रभावकारी रुपमाले अघि बढने विचार व्यक्त गरे ।
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले राजपाललाई प्रमाण पत्र हस्तान्तरण गर्दै प्रदेश सरकार प्रदेश–२ को आर्थिक औद्योगिक एंव व्यवसायी क्षेत्रको विकासका लागि नयाँ कार्ययोजनासहित अघि बढी रहेको बताए ।