जसको नाममा सहमति जुट्छ उही प्रधानमन्त्री : विश्वकर्मा «

जसको नाममा सहमति जुट्छ उही प्रधानमन्त्री : विश्वकर्मा


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसहदरुको सहमतिमा नयाँ सरकार बन्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृह्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ । जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो, यसले संविधान मिच्यो, यसले कानुन मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन । उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो । भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो ।’
उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । नेता विश्वकर्माले ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको लागि कानुनी, राजनीतिक र नैतिक धरातल गुमाएको उल्लेख गर्दै आफूहरुले राजीनामा मागेको पनि स्पष्ट पारे । उनले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्