भूमे खुसी बनाउन पुख्र्यौली संस्कृति प्रदर्शन
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बादुकमा भूमे पूजाको अवसरमा आफ्नो मौलिक कलार्सस्कृति प्रदर्शन गरिएको छ । स्थानीयले परम्परागत भूमे, मण्डली, मनीसिद्ध, मनीभारालगायतको देउतालाई पूजा गर्दै मौलिक कलासंस्कृति देखाएका हुन् ।
पुर्खादेखि नै मगर समुदायले राँगो, बोका र कुखुराको बली दिँदै भूमेलाई मान्दै आएको भूमे पूजा व्यवस्थापन समिति बेगका अध्यक्ष खुमबहादुर पुर्जाले बताए । उनले वर्षको एकचोटि गाउँमा बाली राम्रो होस्, पानी समयमै परोस्, प्राकृतिक विपद नहोस् भन्ने कामनाका साथ भूमे पूजा गर्दै आएको अध्यक्ष पुर्जाले जानकारी दिए ।
समाजमा सामाजिक सद्भाव आपसी सहकार्य, मेलमिलापसँंगै दैवी शक्तिको पुकार गर्दै भूमे पूुजालाई उत्सवको रूपमा मनाउने गरिएको बादुकका समाजसेवी लालबहादुर पुर्जाले बताए । उनका अनुसार, हरेक घरधुरीबाट मनोकाँक्षा पूरा हुने विश्वासका साथ भाकलस्वरुप बलिदिने चलनसमेत रहेको छ । पूजासँंगै भूमेलाई खुसी बनाउन आफ्नो भेषभूषासहित पुख्र्याैली नृत्य, पञ्चेबाजा र मौलिक लोकभाकासमेत प्रस्तुत गर्ने चलन रहँदै आएको बादुकका युवा लोकेन गर्वुजाले बताए ।
प्रकृति पूजाको रूपमा हरेक वर्ष चैत महिनाको कुनै पनि मंगलबार गरिने चलन रहेको वडाध्यक्ष विलबहादुर फगामीले बताए । उनका अनुसार नेपालकै दोस्रो लामो पुल, बादुकमा जन्मिएका भिसी तुलबहादुर गर्वुजा, बेग र बादुकको पँुख्यौली कलासंस्कृतिलाई संरक्षण तथा प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने वडाध्यक्ष फगामीको योजना रहेको छ । उनले लामो पुल र बेग र बादुकको पुख्यौली कलासंस्कृतिको लक्षित गरेर पदमार्ग निर्माण गरिएको र होमस्टे सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिए ।