तीन महिनादेखि पर्सामा पोलियोको अभाव

वीरगन्ज-पर्सामा दुई महिनादेखि पोलियो खोपको अभाव हुँदा बालबालिकाहरुले पोलियो थोपा खान पाएका छैनन् । पर्साका सबै स्वास्थ्य संस्थाहरुमा अहिले पोलियो थोपा सकिएको स्वास्थ्य संस्थाका कर्मचारीहरुले बताएका छन् । केन्द्रमा नै पोलियो थोपा नभएकाले अहिले देशभर नै पोलियो थोपाको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वरप्रसाद चौरसियाले बताए । पोलियो थोपाका लागि माथिल्लो निकायमा पटक–पटक लिखित र मौखिक रूपमा जानकारी गराइए पनि केन्द्रमा नै खोपको अभाव भएकाले अहिले पोलियो खोप नआएको चौरसियाले बताए ।
तीन महिना पोलियो खोप नहुँदा बालबालिकाहरु पोलियो खोपबाट बञ्चित भएका छन् ।
पोलियो थोपा खुवाउन स्वास्थ्य संस्थामा लिएर जाने बालबालिकाहरुलाई प्रत्येक हप्ता पोलियो थोपा नखुवाई फर्किनु परेको अभिभावकहरुले गुनासो गरेका छन् । पोलियो थोपा ल्याउन पहल भइरहेको तर, केन्द्रमा नै अभाव भएकोले समस्या भएको स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले बताउनुभयो उहाँले एकहप्ता भित्रमा पोख आइपुग्ने पनि बताए । पर्सा जिल्लामा वार्षिक १३ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको छ । महिनामा १२ सय बालबालिकालाई पोलियो थोपा खुवाउने गरिन्छ ।