प्राविधिक शिक्षा विस्तारका लागि ३ अर्ब «

प्राविधिक शिक्षा विस्तारका लागि ३ अर्ब

कृषि, वन विज्ञान, मेडिकल र इन्जिनियरिङलाई प्राथमिकता

सरकारले उच्च शिक्षामा प्राविधिक जनशक्ति तयार गर्न विश्वविद्यालय र विभिन्न क्याम्पसको लागि चालू आर्थिक वर्षमामात्र ३ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त लगानी गरेको छ । उच्च शिक्षामा कृषि, वन विज्ञान, मेडिकल र इन्जिनियरिङ जस्ता प्राविधिक क्षेत्रलाई प्राथमिकतामा राखेर थप बजेट विनियोजन गरिएको हो । यो रकम भवन निर्माण, शैक्षिक कार्यक्रम र प्रयोगशाला उपकरणमा खर्च गरिनेछ ।
प्राविधिक शिक्षाको विस्तार गर्ने नीतिअनुसार विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्पmत देशभरका विभिन्न क्याम्पसमा प्राविधिक शिक्षाको पूर्वाधार विकास र शैक्षिक कार्यक्रममा खर्च गरिने छ । सरकारले यूजीसीमार्पmत अनुदान दिन चालू आर्थिक वर्षमा ३ अर्ब १२ करोड ५९ लाख ३० हजार रुपैयाँ थप रकम विनियोजन गरेको छ । प्राविधिक शिक्षा विस्तारकै लागि सरकार यूजीसीको वार्षिक बजेट नै चालू आर्थिक वर्षमा ३० प्रतिशतभन्दा बढीले बृद्धि गरेको छ । गत वर्ष यूजीसीको बजेट २ प्रतिशतको हाराहारीमा बढी थियो ।
सरकारले प्राविधिक शिक्षालाई प्रथामिकतामा राखेपछि विद्यालय तहदेखि उच्च शिक्षासम्मका विभिन्न प्राविधिक विषयका लागि विभिन्न शिर्षक बजेट बढाउँदै लगेको छ । गत आर्थिक वर्षमा सरकारले उच्च शिक्षाको नियमित बजेट १० अर्ब १२ करोड १७ लाख ७० हजार रुपैयाँबाट बढाएर चालू आवमा १३ अर्ब २४ करोड ७७ लाख पु¥याएको छ । उच्च शिक्षामा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर एकै वर्ष ३ अर्बभन्दा बढी रकम विनियोजन गरेको देखिन्छ । यसरी बढाइएको अधिकांश बजेट कृषि, वन, मेडिकल र इन्जिनियरिङ लगायतका प्राविधिक क्षेत्रका नयाँ कार्यक्रमका लागि छुट्याइएको छ ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देवराज अधिकारीले थप गरिएको बजेटको अधिकांश रकम नयाँ खोलिएका कृषि क्याम्पस र कैलालीको गेटामा खोलिएको मेडिकल कलेजका लागि खर्च गरिने बताए । यसमध्ये सरकारले मेडिकल कलेजको पूर्वाधार विकासका लागि मात्र नियमित कार्यक्रकबाहेक आगामी वर्षका लागि १ अर्बभन्दा बढी लगानीका नयाँ कार्यक्रम सुरु गरेको छ । यसरी नै आंगिक क्याम्पसहरूमा पठनपाठन हुने विएससी तथा एमएससीको प्रयोगशाला सुधार गर्न शैक्षिक उपकरण तथा औजारको लागि २५ करोड रुपैयाँ अनुदान दिइने छ । विद्यमान प्राविधिक कार्यक्रममा कोटा थप, नयाँ कार्यक्रम तथा विषय विस्तारका माध्यमबाट लागत साझेदारका आधारमा प्राविधिक धार विस्तारका लागि शैक्षिक उपकरण र औजारका लागि ३० करोड रुपैयाँ छुट्याइएको छ । यसैगरी कृषि विश्वविद्यालयअन्तगतका नयाँ खुल्ने आंगिक क्याम्पसहरूको भवन निर्माण ( पुजीगत सुधार खर्च) शीर्षकमा ८० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारको प्रथामिकताप्राप्त कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसको क्रमागत भवन निर्माण (भवन निर्माण शैक्षिक प्रयोजन) का लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । हाल बृद्धि गरिएको बजेटबाट सरकारले कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण निर्माण (भवन निर्माण शैक्षिक प्रयोजन) का लागि १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ । यसैगरी सुर्खेत, बर्दिबास र बुटवलमा मेडिकल कलेज पूर्वाधार निर्माण कार्यका लागि अनुदान (शैक्षिक उपकरण र औजार सहित) ३० करोड रुपैयाँ विनियोजन गरेको आयोगले जनाएको छ ।
सरकारले आगामी आवका लागि छुटयाएको बजेट नियमित रूपमा बर्सेनि अन्य मेडिकल कलेज, पूर्वाधार र अन्य क्षेत्रमा विनियोजन गरिँदै आएको बजेट भन्दा छुट्टै कार्यक्रम हो । सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालन भइरहेका बाहेक विश्वविद्यालय अनुदान आयोगमार्पmत लगभग २ अर्ब रुपैयाँको पूर्वाधार लगानी गर्ने भएको गरेको छ ।

प्रतिक्रिया दिनुहोस्