उपत्यकामा फेरि बर्डफ्लुको चुनौती «

उपत्यकामा फेरि बर्डफ्लुको चुनौती

विश्वमा सन् १९६१ मा दक्षिण अफ्रिकी मुलुकको कुखुरापालन फर्मबाट फैलिएको यो रोगले विश्वव्यापी रूप लिँदै कैयौं मानिसको ज्यानसमेत लिइसक्यो ।

एभियन इन्फ्लुएन्जा अर्थात् एच फाइभ एन वान नामक सूक्ष्म भाइरसका कारणले लाग्ने प्राणघातक रोगलाई नै बर्डफ्लु वा पन्छी रुघा भनिन्छ । यो पन्छीको जीवाणुबाट संक्रमण हुने रोग हो । यो एउटा अति नै छिटो सर्ने भाइरस पनि हो । यस्तो किसिमको भाइरस १ सय ४४ थरीका हुन्छन् । यसर्थ बर्डफ्लु भाइरसको सतहमा एच र एन प्रोटिन रहन्छन् । यसका साथसाथै प्रोटिनका आधारमा भाइरसका उपप्रजातिहरू हुन्छन् । तीमध्ये एच फाइभ एन वान र एच सेभेन एन सेभेन हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा हुन् । अर्थात् यी बढी घातक हुन । हिमाग्लुटिनिनलाई संक्षेपमा एच र न्युरामिनिडेजलाई छोटकरीमा एन भनिन्छ । यसको हालसम्म औषधि र खोप पत्ता लागिसकेको छैन । तर, विज्ञहरूको भनाइअनुसार उचित सतर्कता अपनाए मान्छेमा यो रोग कमै सर्ने हुन्छ । विश्वका १४ देशका अहिलेसम्म करिब ४ सय जनामा यो रोग सरेकोमा २ सय ६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । संगठनका अनुसार हालसम्म संसारका ६५ देशमा बर्डफ्लु देखिएको छ । यस रोगको सुरुवात सर्वप्रथम सन् १८७८ मा चराचुरुङ्गीमा र सन् १९९७ मा मानिसमा भएको थियो । ऐतिहासिक रूपमा हेर्ने हो भने विश्वमा सन् १९६१ मा दक्षिण अफ्रिकी मुलुकको कुखुरापालन फर्मबाट फैलिएको यो रोगले विश्वव्यापी रूप लिँदै कैयौं मानिसको ज्यानसमेत लिइसक्यो । त्यस्तै गरी दक्षिण–पूर्वी एसियाका भारत, बंगलादेश, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड र नेपाल गरी ६ मुलुकमा घरपालुवा कुखुरामा तथा इन्डोनेसिया, म्यानमार र थाइल्यान्डमा भने मानवमा समेत यो रोग देखा परेको छ । यसबाट सन् १९९७ यता संसारभरि यसबाट २ सय ४८ जना मानिसको मृत्यु भइसकेको छ भने २२ अर्ब पन्छीजन्य मरेका वा नष्ट गरिएका र २ सय अर्ब डलर क्षति भएको विज्ञहरूको भनाइ छ । दक्षिण एसियामा सन् २००६ मा पहिलो पटक यो रोग फैलिएको हो । बर्डफ्लुको जीवाणु खास गरी रोगी पन्छीहरूबाट सर्ने गर्छ, तर पनि मानिसबाट मानिसमा सरेर मृत्युसमेत भएका घटनाहरू चीन, कम्बोडिया, थाइल्यान्ड, भियतनाम तथा टर्कीमा सार्वजनिक भइसकेका छन् । हाम्रा छिमेकी मुलुकहरू चीन र भारतमा पनि यसले ठूलो आर्थिक र मानवीय नोक्सानी पु-याएको छ । नेपालमा भने सन् २००९ मा मात्र बर्डफ्लु रोग भित्रिएको हल्लाखल्ला भएलगत्तै त्यसपछिका वर्षहरूमा यसले बढ्दो रूपमा सन्त्रास दिन थालेको छ । तसर्थ अब नेपाल पनि यो रोगबाट अछुतो रहन सकेन ।
हाम्रो देशमा फेरि बर्डफ्लु रोग देखा परेको छ । पशु सेवा विभागका अनुसार गत माघ १६ गते काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका वडा नं. ७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । उक्त क्षेत्रमा कृषकहरूले पालेका कुखुरा, बट्टाई, हाँस र टर्कीमा संक्रमण फेला परेको हो । सो क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको सम्बन्धित क्षेत्रले जनाएको थियो । तसर्थ हालसालै ललितपुरको नख्खुमा कृषकले पालेका पन्छीमा बर्डफ्लु देखिएपछि ५ सय १६ हाँस, ८ सय ५४ स्थानीय कखुरा, १ सय ५४ बट्टाई, ९ सय ४४ अन्डा र ३ सय ३५ किलो दाना नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण रूपमा निःसंक्रमण गरिएको छ । गत माघदेखि काठमाडौं, सुर्खेत र जाजरकोटमा बर्डफ्लु देखिएको थियो । विभिन्न ठाउँमा बर्डफ्लु देखा परेपछि विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न, पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रण गर्न तथा व्यक्तिगत सरसफाइमा आग्रह गरेको छ । त्यसरी नै रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएकोे विभागले जनाएको छ ।
भारत र नेपालबीच १७÷१८ सय किलोमिटर खुला सीमा क्षेत्रमा बर्डफ्लु देखा पर्नासाथ हाम्रो देशले पनि सर्तक रहनुपर्ने स्थिति एकातिर छ भने अर्कातिर पशु सेवा विभागअन्तर्गत ८ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्टहरू छन् । ती सबैलाई सतर्क रहन निर्देशन दिनुपर्ने स्थिति खट्किएको छ । छिमेकी देश भारतसँगको खुला सिमानाका कारण लुकीचोरी आयात हुन सक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । केही समयअगाडि छिमेकी राष्ट्र भारतमा खासगरी मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लु देखिएको थियो । छिमेकी मुलुकका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि जोखिम उच्च भएको हो । भारतसँग धेरै ठाउँ खुला सीमा छ । देशमा आयात गरिने कतिपय पन्छी र पन्छीजन्य वस्तु भारतबाट तस्करी हुँदै हाम्रो देशमा आउने गरेको छ । यसरी विगतका वर्षहरूलाई हेर्ने हो भने वि.सं. २०७५ मा विराटनगर र रसुवामा करिब २२ हजार कुखुरा नष्ट गरिएको थियो । त्यसै गरी मकवानपुरमा वि.सं. २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो ।
समग्रमा भन्नुपर्दा मुलुकमा यस वर्ष बर्डफ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौँको तारकेश्वरको तीन ठाउँ बर्डफ्लु देखिएको थियो । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपन्छीलाई तत्काल नियन्त्रणमा लिनका लागि संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमणसमेत गरिसकेको सम्बन्धित क्षेत्रले जानकारी दिएको छ । हाल देशमा कुखुरापालनमा १ खर्बभन्दा बढी रुपैयाँ लगानी भएको पोल्ट्री व्यवसायी मञ्चले जनाएको छ । यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढीले नाफा कमाउने गरेका छन् । यसरी बीचबीचमा आउने बर्डफ्लुको संव्रmमणले कुखुरापालक चिन्तित छन् । विदेशबाट गैरकानुनी ढंगले आयात हुने चल्लामा पूर्ण प्रतिबन्ध लगाउन, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा, अन्डाको क्षतिपूर्ति दिनुपर्ने आवाज बारम्बार उठ्छ । सरकारी तथ्यांकअनुसार वार्षिक रूपमा कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अण्डाबाट नौ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला बिव्रmीबाट तीन अर्ब ६० करोड ७६ लाख, कुखुराको मलबाट ४५ करोड ३७ लाख रुपैयाँको कारोबार हुन्छ । ६४ जिल्लामा २१ हजार ९ सय ५६ व्यावसायिक फार्म रहेको विभागले जनाएको छ । उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापव्रmम कम हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरापालन हुँदैन । यीबाहेक सबै जिल्लामा कुखुरापालन हुन्छ । देशभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङलगायत जिल्ला कुखुराका पकेट क्षेत्र हुन् । तीमध्ये २० हजार ४ सय ८३ बोइलर, १३ सय ३७ लेयर्स कुखुरा र १ सय २८ ह्याचरी, आठ गिरिराज कुखुराका फार्म छन् । विभागका अनुसार ६ करोड ८ लाख २६ हजार ८ सय कुखुरापालन गरिएको छ । तीमध्ये ५ करोड २६ लाख ६६ हजार ब्रोइलर, ६९ लाख ८ हजार ५ सय लेयर, १२ लाख ५२ हजार २ सय अन्य जातका कुखुरा पालिएको छ । कुखुरापालनमा ५५ हजार ८ सय ७१ जनाले रोजगारी पाएका छन् । ९९ हजार ६ सय अस्थायी कामदार छन् । कुखुरापालनमा निजी क्षेत्रको लगानी छ । यसर्थ पछिल्ला केही वर्षमा कुखुराको मासु र अन्डा उपभोगसमेत ह्वात्तै बढेको छ । एक ठाउँमा संव्रmमण फैलिएलगत्तै कुखुराको मासुको उपभोग स्वात्तै घट्ने हुँदा कृषकहरू मारमा परेका छन् । तसर्थ स्वस्थ कुखुराको मासु उपभोग गर्न योग्य हुन्छ भनेर सम्बन्धित क्षेत्रका अधिकारीले पनि पहल गर्नु जरुरी छ । कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको अवस्था छ भने वार्षिक अर्बौं रुपैयाँ जोगिने सम्भावना हुन्छ । त्यसका लागि पनि नेपाली कृषकलाई बचाउनका लागि राज्य चनाखो हुन जरुरी छ । सम्भवतः जाडो याममा साइबेरियाबाट चराहरूको बथानले आफ्नो बासस्थान सार्ने हुनाले यो समय बढी जाडो हुनाले भारत तथा नेपालमा चराहरूले बसाइ सार्ने गर्छन् । त्यसैबेला ती चराहरूबाट बर्डफ्लु यहाँका घरपालुवा पज्छीजन्यमा सर्ने गर्छ । खासगरीकन यो महामारी जाडोयाममा प्रायः देखिने गर्छ । बर्डफ्लु चरामा हुने भाइरस संव्रmमण हो र यो छिटो फैलिन्छ । यसको संव्रmमण देखा परेपछि उच्च सतर्कता अपनाउनु जरुरी हुन्छ । कुखुरा फारममा यो संव्रmमण भएपछि मानिसमा समेत सर्ने सम्भावना बढी हुन्छ । कुखुराको हेरचार गर्ने व्रmममा नै यो संव्रmमण फैलिने भएकाले बढी जोखिमपूर्ण हुन्छ । देशमा कुखुराको मासु धेरै खपत हुनेमध्येमा पर्छ । संव्रmमण थाहा नपाएर संव्रmमित कुखुरा र पुगे एकैपटक धेरैमा सर्न सक्ने जोखिम हुन्छ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले यसमा विशेष ध्यान दिन जरुरी छ । स्थानीय तहले पनि यसमा काम गर्न सक्छन् । सामान्यतया बर्डफ्लु जाडो मौसममा छिटो फैलिने भए पनि यो जुनसुकै मौसममा देखा पर्छ । यद्यपि स्थानीय प्रशासनले संव्रmमण फेला परेको स्थानलाई केन्द्रबिन्दु मानेर करिब ३ किलोमिटर टाढासम्म तीन महिनालाई कुखुरालगायत अन्य पन्छीजन्य जीव नपाल्न आग्रह गरेको हो । अतः स्थानीय प्रशासनले ती ठाउँहरूलाई बर्डफ्लु संकटग्रस्त क्षेत्रसमेत घोषणा गर्नुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्