सेयर बजार सम्बन्धी तालिम «

सेयर बजार सम्बन्धी तालिम

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयअन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीको लागि सेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थी सहभागी भएको कम्पनीले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर बजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्