हुन्डाईको नयाँ वर्ष योजना «

हुन्डाईको नयाँ वर्ष योजना

हुन्डाई मोटर्सका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बिमा सुविधा प्राप्त गर्न सकिने जनाएको छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्