डिशहोमको ‘खुसीको उडान’ योजना «

डिशहोमको ‘खुसीको उडान’ योजना

डिशहोमले ‘खुसीको उडान’ योजना सुरु गरेको छ । यस योजनाले हरेक सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ‘ड्र’बाट दुई भाग्यशाली जोडीले बैंककको भ्रमण गर्न सक्ने कम्पनीले जनाएको छ । लक्की ड्रमा सहभागिता जनाउनलाई ग्राहकले आफ्नो सदस्यतालाई डिशहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ ।
साथै, इ–वालेट एपस् र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि ग्राहक यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्