फुटनका गाडीको पोखरामा बिक्री सुरू «

फुटनका गाडीको पोखरामा बिक्री सुरू

पोखरा- फुटनका गाडीको पोखरामा बिक्री सुरु भएको छ । पोखरोका लागि आधिकारिक बिक्रेता इभिरिदम मोटर्स प्रालिले सो ब्राण्डका गाडीको बिक्री वितरण गर्न सुरु गरेको हो । भारतसहित विभिन्न १४ देशमा उत्पादन हुने १ सय भन्दा बढी देशमा प्रयोगमा आएको फुटनका गाडीहरु पोखराबाट समेत बिक्री सुरु गरिएको ई.भि.रिदम मोटर्सकासञ्चालक दिपक शर्माले बताए ।
पोखरामा उक्त गाडीका ३ मोडलमा माइक्रो बस र दुई मोडलका पिकअप गाडीहरु उपलब्ध गराएको शर्माले जनाए । ४९ लाख देखि ८५ लाख मूल्य बराबरका फुटनका टुनाल्ड एस, टुनाल्ड इ, भ्यू सिएसटुएल, भ्यू सिएस टु, एम्बुलेन्स लगायतका गाडीहरु उपलब्ध गराएको उनले जनाए । हाल पोखरामा उक्त गाडीहरु बिक्रि वितरण भएको अवसरमा केही समयको लागि हाल अग्रिम बुकिङ गर्नेलाई २ लाखसम्म छुट दिन सकिने भएको शर्माले जनाए । ८.५ प्रतिशतमा अधिकत्तम ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाहरुले गाडी खरिदमा लगानी गर्ने वातावरण आफूहरुले मिलाउने सञ्चालक शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्