Logo

लहानमा सिटिजन्स बैंकको नयाँ शाखा

सिटिजन्स बैंकको शाखा सिराहाको लहानमा खुलेको छ । बैंकले आफ्नो १६७ औं शाखा सिराहाको लहानमा खोलेको हो ।
साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले शाखा खोलेको बैंकले बताएको छ । शाखा सञ्चालनमा आएसँगै यहाँका स्थानीयले सहजै बैंकिङ कारोबार गर्न सक्नेछन् ।
सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैकले प्रतिबद्धता जनाएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्