‘प्रेमगन्ज’मा तेज र बेनिशा अनुबन्धित «

‘प्रेमगन्ज’मा तेज र बेनिशा अनुबन्धित

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुनलागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ का लागि मुख्य कलाकार छनौट भएका छन् । यसअघि अडिसनमार्फत केही कलाकारहरू छनौट भएका थिए ।
चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताइएको छ । मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशकदेखि नेपाली चलचित्रजगतमा कार्य गर्दै आएकी कलाकार हुन् । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।
यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए । सेन विगत १५ वर्षदेखि नेपाली चलचित्र जगतमा सक्रिय रूपमा कार्य गर्दै आएका निर्देशक हुन् । उनको निर्देशनमा बनेका यसअघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरू हासिल गर्न सफल भएका छन् ।
यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।
विगत २५ वर्षदेखि नेपाली चलचित्रजगतमा स्पोट ब्वाइको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेकायो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्