Logo

फुटपाथका निम्न व्यापारीको पक्षमा आवाज उठाएपछि २७ दिनसम्म हिरासतमा राखियो : तरकारी व्यवसायी गंगालाल श्रेष्ठ

फुटपाथका निम्नव्यापारीको पक्षमा आवाज उठाउँदा प्रहरीले हिरासतमा राखी दुःख दिएको भन्दै काभ्रेका गंगालाल श्रेष्ठले न्यायको आग्रह गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी पाँच खाल ४ का श्रेष्ठले २७ दिनसम्म हिरासतमा राखेर अनाहकमा प्रहरीले दुःख दिएको जानकारी गराएका हुन् ।
‘मलाई फुटपाथका निम्न व्यापारीको पक्षमा बोल्दा अनाहकमा दुःख दिइयो,’ श्रेष्ठले पत्रकार सम्मेलनमा भने,‘अनाहकमा दुःख दिने दोषीमाथि कारबाही होस् ।’
बानेश्वरमा तरकारी व्यापार गर्ने निम्नवर्गको हकहितका लागि बोल्दा उल्टै समस्या खडा गरिएको बताए । आफू मानिसहरूको आँसु पछ्नमा लागि परेको उनको भनाइ थियो ।
भाडा तिर्न नसक्ने निम्न व्यापारीहरूले फुटपाथ तरकारी व्यापार गर्दै आएकोलाई सरकारले हटाउने निर्णय गरेपछि ०६५ साल मंसिर ६ गते रिपोर्टर्स क्लबमा कार्यक्रम गरेको स्मरण गरे । उनले फुटपाथका व्यापारीको विषयमा आवाज उठाएकाले आफूलाई अपहरण र मार्न खोजेको आरोप समेत लगाए ।
२०६५ मंसिर १९ गते रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेको जानकारी दिए । उनले पर्चामार्फत देशमा विदेशी सेनाहरू प्रवेश गर्दैछन् र देश बचाउनुपर्छ भन्दै जनतामा सन्देश पु¥याउन खोज्दा पार्टीका मानिसलाई प्रहरीले थुनेको आरोप लगाए ।
आफूलाई २०६५ माघ १० गते परिबन्धमा पारेर अपहरण गरिएको बताए । अपहरण गरेर, बन्धक बनाएर, मानसिक यातना दिएर राखेको उनले बताए । ‘यातना दिएर बन्धकमा राख्दा भगवानलाई सम्झन्थे ।’ २०६२ सालको शिवरात्रिको दिनमा बन्धकबाट मुक्त भएको उनको भनाइ थियो ।
आफूलाई झुटो मुद्दा लगाएर फसाउन खोजे पनि कतै दोषी नदेखेपछि बचतखाता तथा किताबहरू सबै सक्कल कागजपत्र जलाईदिएको दुखेसो गर्दै भने, ‘न्यायलयले मलाई सत्य तथ्य बुझेर न्यायदिन सकेन ।’
हाल ललितपुरको बालकुमारी श्रेष्ठले २०७७ सालको साउन २९ गते घरैबाट उठाएर लगेर मार्न खोजेको आरोप लगाए । घरबाट जबजस्ती आफ्नै कार्यालयमा लगेर पेस्तोल देखाएर मार्न खोजेको उनको भनाइ थियो । त्यहाँबाट भाग्न सफलभए पनि परिवारको सम्र्पकमा तत्काल नआएको बताए । उनले प्रहरीलाई १ गते जावलाखेलमा सबै कागजपत्रसहित गएर आफूलाई अपहरण गर्ने, अफिसमा हतियार लुकाएर राख्ने सबैलाई मैले चिनेको छु तपाईंहरूले खोजिदिनुहोस् र कारबाही गर्नुहोस् भनेको बताए । तर, प्रहरीले सबै प्रमाण दिन्छुभन्दा पनि उल्टै उसैलाई जोगाउन लागेको बताए । प्रहरीले अपराधीलाई नै उल्टै जोगाउन लागेपछि आफूले सबै घटनाक्रम किताबमार्फत लेखेको बताए ।
श्रेष्ठले अन्तिम पटक माघ २९ गते फेरि जावलाखेलबाट हिरासतमा राखेको बताए । २७ दिनसम्म हिरासतमा राखेकोमा आपत्ति जनाउँदै भने, ‘मेरो गल्ती केही थिएन् । उनले २७ दिन राखेर त्यत्तिकै छाडेकोमा आश्चर्य लागेको बताए । उनले आफूलाई समात्नु र छाड्नुको कारण प्रहरीलाई सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिएको बताए ।
फागुन २५ गते राति १० बजे प्रहरीले छाडेको बताए । उनले भने, ‘राजनीतिक पहँुच नहुने र पैसा नहुने मानिसले न्याय पाउने आशा गर्नु गलत हो ।’ वकिलहरूले पनि आफूलाई सहयोग नगरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्