Logo

‘मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल’ चैत २१ गते सानेपामा

नेपालमा पहिलोपटक मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल– २०२१ प्रतियोगिता हुने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ग्रिन आर्टस् मिडिया प्रालि र अपाङ्गता भएका व्यक्तिहरूको सांस्कृतिक समाज नेपालको सहकार्यमा चैत २१ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमाबोल्दै ग्रिन आर्टस् मिडियाका कार्यकारी अधिकृत प्रविन लाकौलले असक्षमता हटाएर शारीरिक अपांगता भए तापनि उनीहरूको दिमागको क्षमतालाई मध्यनजर गर्दै भित्री सुन्दरता प्रस्तुत गर्न लागेको जानकारी दिए । अपांगता भएका व्यक्तिहरूको सांस्कृतिक समाज नेपालसँग सहकार्य गरेर कार्यक्रम तय गरेको लाकौलले बताए । उनले भने, ‘हाम्रो सानो सहयोगले मन्दिरमा मुुस्कान र अपांगता व्यक्तिहरूको सकारात्मक सोच पलाउँछ ।’
अपांगता भएका व्यक्तिहरूको सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङले असक्षमता भएका व्यक्तिको क्षमतालाई प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरेको बताइन् । उनले अपांगता भएका व्यक्तिहरूको क्षमता उनीहरूमा लुकेर रहेको प्रतिभालाई समाजमा क्षमता प्रस्तुतगर्न कार्यक्रमको आयोजनागरेको स्पष्ट पार्दै भनिन्, ‘समाजमा अपांग व्यक्तिको एक अलग्गै परिचयबनाउन सहयोग हुने विश्वासलिएका छौ ।’ शारीरिक विवाहित र अविवाहित महिलाका लागि पहिलो पटक सुरु गरेको र पछिल्ला दिनमा उनीहरू खुशी भएमा अन्य विधामा पनि संस्थाले सहयोग गर्ने बताइन् । उनले १४ जनाले प्रतियोगितामा भाग लिने बताइन् । थुलुङले क्विनमात्र नभएर अन्यक्षमतालाई पनि कदर गर्दै पुरस्कृत गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्