टाटा अल न्यू टिगोर : स्टाइल, पावर र सेफ्टीको संयोजन «

टाटा अल न्यू टिगोर : स्टाइल, पावर र सेफ्टीको संयोजन

 प्यासेन्जर भेइकल बजारमा आफ्नो उपस्थिति मजबुत बनाउने क्रममा टाटाले नयाँ कार ल्याएको छ । टाटाले आइतबार नेपाली बजारमा अल न्यू टिगोर सार्वजनिक ग-यो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा नयाँ टिगोर ल्याएको हो । मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोलबाट चल्ने सेडान कार हो ।  प्यासेन्जर भेइकल बजारमा आफ्नो उपस्थिति मजबुत बनाउने क्रममा टाटाले नयाँ कार ल्याएको छ । टाटाले आइतबार नेपाली बजारमा अल न्यू टिगोर सार्वजनिक ग-यो । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा नयाँ टिगोर ल्याएको हो । मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोलबाट चल्ने सेडान कार हो । टाटाको अल न्यू टिगोरको सुरुवाती मूल्य २७ लाख ५५ हजार रुपैयाँ रहेको छ । यो कार १.२ लि रेभोट्रन भर्सनको हो । टाटाका सबै आधिकारिक बिक्री केन्द्रहरुमा नयाँ टिगोर उपलब्ध हुनेछ । टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयले सही मूल्यमा बोल्ड, आकर्षक वनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकहरुबीच कम्प्याक्ट सेडान निकै लोकप्रिय रहेको बताए । यही तथ्यलाई ध्यानमा राख्दै टाटाले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट सम्रिश्रण स्वरूप टाटा नयाँ टिगोर बजारमा ल्याएको उनले उल्लेख गरे । यसले ग्राहकहरुको मन जित्न सफल हुने विश्वास उनको छ । उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले अरुभन्दा केही फरक गर्ने दृढता अनुरुप नयाँ टिगोर बजारमा आएको बताए । यो केवल टाटाको नयाँ उत्पादन मात्र नभई सम्पूर्ण अटोमोबाइल उद्योगमा नै नयाँ आयाम भएको उनको निष्कर्ष छ । नयाँ टिगोरले एकातिर टाटालाई चार पांग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्कोतर्फ यसले टाटाको उत्कृष्टता प्रतिको आफ्नो अटुट प्रतिबद्धतालाई पुनः एकपटक प्रमाणित गरेको श्रेष्ठको भनाइ छ ।
सर्वोत्कृष्ट बनावटनयाँ टिगोरमा भएको ब्रेक फ्री कुप रुफलाइन र डूवल चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट एकदमै आकर्षक बनाएको छ । ओभीआरएमएसमा अटो फोल्ड फंसन भएको एलइडी टर्न इन्डिकेटर र १५ इन्च पांग्रामा डूवल टोन कलर स्किम रहेको यो सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेंट सेतो र टिटानियम खैरो गरी ६ वटा रंगमा उपलब्ध छ ।
आकर्षक भित्री बनावट बाहिरी आवरण जति आकर्षक छ, भित्री पनि कम छैन । कालो र खैरो रंगको प्रयोग गरिएको र टिटानियम रंगको छालाको सिट कभर भएको, आकर्षक छत, कप राख्ने ठाउँ, आरामदायी हात राख्ने ठाउँ भएकोे यो गाडी लक्जरियस देखिन्छ ।
आरामदायी नयाँ टिगोरमा सहज ड्राइभिङका लागि हाइट एडजस्ट गर्न मिल्ने ड्राइभिङ सिट राखिएको छ । पछाडि र अगाडिको सिटको बीचमा पर्याप्त ठाउँ रहेको छ । अटोमेटेड तापक्रम कन्ट्रोल सिस्टमले क्याबिनको वरिपरी समान कुलिङ हुन्छ । उपयुक्त चौडाई र क्लियर ओपनिङ भएको यस गाडीमा ४ सय १९ लिटरको बुट स्पेस रहेको छ ।
नेक्स्ट जेनेरेसन एचएमआइ नयाँ टिगोरमा ७ इन्च क्यापटिभ इनफोटेनमेन्ट सँगै जताततै समान ध्वनि आउन सहयोग गर्ने हर्मन टि एमको एन्ड्रोइड अटो प्रयोग गरी ४ ओटा स्पिकर र ४ ओटा ट्वीटर राखिएको छ । यसैगरी हर्मन गोल्डेन इयर प्रमाणित अटो विशेषज्ञद्वारा साउण्ड सिस्टम सम्बन्धि सम्पूर्ण कार्य गराइएकोे छ ।  
सुरक्षाटाटा मोटर्सको पहिलो प्राथमिकता नै सुरक्षा हो । यसैलाई मध्यनजर राख्दै नयाँ टिगोरमा कडा किसिमको स्टिलको प्रयोग गरिएको छ । चालक र प्यासेन्जरको सुरक्षाका निम्ति गाडीमा डूवल एयरब्याग, एबीएस, इबीडी र सीएससीको प्रयोग गरिएको छ । १.२ लिटर रेभोट्रन पेट्रोल पावर भएको यस नयाँ टिगोरमा उत्कृष्ट कार्यक्षमता र कम एनभीएचका लागि इन्जिनलाई थप अनुकूल बनाइएको छ । कम्पन कम गर्न ट्रान्समिसनमा थप सुधार गरिएको छ । सहज र आरामदायी ड्राइभिङका लागि टाटा मोटर्सले दिँदै आएको मल्टीड्राइभ मोड समावेश गरिएको छ । नयाँ टिगोर एक्सइओ, एक्सएमओ, एक्सजेडओ र एक्सजेड प्लस गरी ४ मोडलमा उपलब्ध रहेको छ । 

प्रतिक्रिया दिनुहोस्