Logo

किसान लघुवित्तद्वारा बिक्री प्रबन्धक नियुक्त

किसान लघुवित्तले कम्पनीको एफपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । किसान लघुवित्त (साविकको एनआरएन) ले थप सार्वजनिक निष्काशनमार्फत १२ लाख ९८ हजार २ सय ५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ । उक्त धितोपत्र निष्काशन सम्बन्धी सम्झौता—पत्रमा किसान लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
किसान लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ५२ करोड २६ लाख र चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई थप सार्वजनिक निष्काशनमार्फत सेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्तापुँजी ५२ करोड २६ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्