सिटिजन्स बैंकको यूएसडी ई–कम कार्ड सुरुवात
सिटिजन्स बैकले यूएसडी ई कम कार्डको सुरुवात गरेको छ । राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले सो सुविधा प्रदान गर्न लागेको हो ।
यो सुविधा अन्र्तगत उपभोक्ताले सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी वार्षिक ५ सय अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सक्नेछन् ।
यूएसडी ई कम कार्ड प्रयोग गर्न चाहने उपभोक्ताले आफ्नो खातामा ग्राहक पहिचान (केवाईसी) विवरण अध्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्नेछ । यस अन्र्तगत उपभोक्ताले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएसमार्फत् कारोबार गर्न भने पाइने छैन ।
बैंकले १६७ वटा शाखा, ११८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ ईकाइबाट सेवा प्रदान गर्दै आएको छ ।