मालारानी गाउँपालिकाको आवधिक योजना बन्दै
अर्घाखाँची-मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले गाउँपालिकाको विकासका आवधिक विकास निर्माण योजना महत्वपूर्ण हुने बताएका छन् । मालारानी गाउँपालिका हरेक क्षेत्रमा अगाडी रहेको बताउँदै अध्यक्ष आचार्यले नेपालमै नमुना गाउँपालिका बनाउँन लागिरहेको बताए ।
मालारानी गाउँपालिकाको आयोजना र लुम्बिनी सामाजिक विकास केन्द्रको परामर्शमा बर्दियाको ठाकुरबाबामा भएको गाउँपालिकाको वृहत योजना तर्जुमा तथा दीर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीमा विषयवस्तुमाथि प्रकाश पार्दै अध्यक्ष आर्चायले सहकारीको माध्यमबाट समृद्ध गाउँपालिका बनाउने बताए ।
उनले मालारानी गाउँपालिकाभित्रका ९ वटा वडामध्ये ८ वटा वडामा वडा कार्यालय भवन चालु आर्थिक वर्षमा सम्पन्न हुने बताए । गाउँपालिकाभित्र रहेका मालारानी मन्दिर, नरसिंह थान, रागामारे मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्ती गरेको बताए ।
मालारानीको हंसपुरमा होमस्टे सञ्चालनमा आएको र थप व्यवस्थित रुपले सञ्चालन गर्ने पनि उनले बताए । प्रमुख अचार्यले गाउँपालिकाका सर्वसाधारलाई सहकारीमा आवद्ध गराई समृद्ध बनाउने योजना रहेको पनि बताए ।
गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बर्दियाको अबलोकनसँगै गरिएको गोष्ठी प्रभावकारी हुने बताइन् । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउँनका लागी महिला गाउँपालिकाले तयार गर्न लागेको आवधिक विकास निर्माण योजनाको कार्यशाला गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा. डा. ईश्वर गौतमले विकासका लागि आवधिक योजना अनिवार्य रहेको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा. गोविन्दराज पोखरेलले गाउँपालिकाको मुहार फेर्ने माध्यम आवधिक विकास योजना बन्ने बताए । “गाउँपालिका भित्र सञ्चालन साना, मझौला तथा ठूला विकास निमार्णका कामका लागि आवधिक योजना महत्वपूर्ण हुन्छ,” पोख्रेलले भने, “योजनाको आधारमा रहेर बजेट विनियोजन गर्नुपर्छ ।” उनले स्थानीय सरकारसँग प्रशस्त बजेट नभएमा प्रदेश र संघमा बजेट माग गर्ने माध्यम आवधिक विकास योजना बन्ने बताए ।
गोष्ठीमा लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली, इन्द्रमणि पौडेल, गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेलले गाउँपालिकाले आगामी ५ वर्षमा गर्ने कामको योजनाको बारेमा जानकारी गराए ।