स्याउ किसानलाई बिमा दावी भुक्तानी «

स्याउ किसानलाई बिमा दावी भुक्तानी


शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बिमा गरेका कर्णालीका किसानलाई साढे २ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।
जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बिमा गराउने पातारासीका अधिराज विष्टले १ लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझेका छन् । भुक्तानी पाएपश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै दावी गरेको छ । जुम्लामा ७ सय ४७ जना किसानले ४९ हजार बिरुवाको बिमा गराएका थिए । जुम्लामा मात्र प्रति विरुवा २ सय ७० रुपैयाँका दरले १ करोड बिमा दाबी रकम भुक्तानी गरिएको छ ।
यसैगरी, प्रति बिरुवा २ सय ७० रुपैयाँका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालिकोटमा ३ सय २६ जना किसानले २ हजार ६ सय विरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बिमा गराएका थिए । यस्तै मुगुका ३ सय १८ जना किसानले १ हजार ९ सय बिरुवाको बिमा गरे बापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले बिमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात दाबी भुक्तानी दिएको बिमा कम्पनीका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले बताए ।
कर्णालीका किसानहरुले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बिमा गरेका थिए । सोही बिमा गराएका कारण उनीहरुले अहिले दाबी भुक्तानी पाएका हुन् । असिना र सुख्खा खडेरीले क्षति पुर¥याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बिमा रकम पाउँदा राहत महसुस गरेका छन् ।
शिखर इन्स्योरेन्सले ५ वर्ष अगाडि मौसमी सूचकांकको आधारमा गरिने बिमामा स्याउ खेतीका लागि नै भनेर कर्णाली प्रदेशमा यो बिमा पोलिसी सुरु गरेको थियो । पछिल्लो ३ वर्षयता हरेक वर्ष शिखर इन्स्योरेन्सले स्याउ किसानहरुलाई दाबी भुक्तानी गर्दै आइरहेको छ ।
सुरुको वर्ष ४७ जना किसानले स्याउको बिमा गराएका थिए भने गत वर्ष १८ सय किसानले स्याउ खेतीको बिमा गराएका थिए । असिना र सुख्खा खडेरीले क्षति पु¥याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोेरेका किसानले बिमा रकम पाउँदा राहात महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्