सरकारको नियम बेवस्ता, स्थानीय तहको आफ्नै नियम मुगुका विद्यालय खुला
मुगु– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेता पनि मुगुमा भने सामुदायिक विद्यालयहरू खुला गरेका छन् ।
आजबाट विद्यालय बन्द गर्ने निर्णयअनुसार मुगुको छायानाथ रारा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरू धमाधम पठनपाठन भइरहेका हुन् ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर यहाँका स्थानीय सरकारले मुगुमा त्यस्तो खालको बाताबरण प्रभाव न्यून देखिएको हँदा विद्यालय बन्द नगरिएको छायानाथ रारा नगरपालिका मुगुले जनाएको छ ।
विगत लामो समयसम्म कोभिड–१९ को कारण शैक्षिक क्षेत्रमा पूर्णविराम लागेको हुँदा उक्त कोर्स पुरा हुन नसकेको हुँदा निकट भविष्यमा विद्यार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने भएको कुरा र्ला आत्म साथ गर्दै यहाँका स्थानीय सरकारले मिति ०७७ चैत १६ को निर्णयअनुसार मुगुका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द नगरी पूर्ववतः रूपमा सञ्चालन गरी पठनपाठनलाई सुचारु गर्न पत्र दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले जानकारी दिएका छन् ।
उनले भने विद्यालय बन्द हँुदैनन् । नियमित रूपमा पठनपाठन गर्छौं, यदि हामिले विद्यालय बन्द ग¥यांै भने विद्यार्थीको पढाइमा बाधा पुग्ने उनको भनाइ छ ।
लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुवाँ लिएर आएको मौसम विदहरूले बताएका छन् ।