उपचारका लागि ओली बैंकक जाँदै «

उपचारका लागि ओली बैंकक जाँदै

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जाँदैछन् । उनी आज मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन् । ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानेछन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् । स्वास्थ्य परीक्षण गराई ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्