एनएमबि बैंकद्वारा बचत खातामा बिमा दावी भुक्तानी «

एनएमबि बैंकद्वारा बचत खातामा बिमा दावी भुक्तानी

एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आउनु भएका निर्विकार अमात्यलाई स्वास्थ्य बिमा बापत बिमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बैंकका बागमती प्रदेशका प्रमुख गणेश पराजुली, एरिया म्यानेजर स्मृति भण्डारी र शाखा प्रमुख लजना तुलाधरले संयुक्त रुपमा आमत्यलाई स्वास्थ्य बिमावापतको रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै खाता खोल्न सकिने, नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटीएम, दश लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बिमा सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले शिखर इन्स्योरेन्समार्फत् उक्त भुक्तानी प्रदान गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहक माझ सेवा पु-याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्