नबिल स्किल्स हिरो अवार्ड वितरण «

नबिल स्किल्स हिरो अवार्ड वितरण

स्किलवीक २०२१ दोस्रो संस्करण समापन समारोहमा चार फरक सीप क्षेत्रमा अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई नाबिल स्किल हिरो अवार्ड २०२१ उपाधीबाट सम्मानित गरिएको छ ।
शैक्षिक सुधारक, र दूरदर्शी सोनम वांगचुकको उपस्थितिमा सञ्चालन गरिएको स्किलवीक र नाबिल स्किल हिरो अवार्ड २०२१ को समापन समारोहमा पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल स्किल हिरोको रूपमा सम्मानित गरिएकोछ । यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा सम्मानित गरियो भने उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चडलालाई सम्मानित गरिएको थियो ।
यस्तै, विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीकालागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजीसँग जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्