गरिमा विकास बैंकको ‘रहनुहोस् होसियार’ अभियान «

गरिमा विकास बैंकको ‘रहनुहोस् होसियार’ अभियान

राष्ट्रियस्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट अपराध र सजाय सम्बन्धी जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो ‘रहनुहोस् होसियार’ नामक अभियान चलाइरहेको छ ।
यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट अपराध र सजाय सम्बन्धी विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक सञ्जालबाट प्रकाशित गर्दै आइरहेको छ ।
चिठ्ठा परेको छ भन्दै बैकिङ विवरण मागेर मोबाइल बैकिङमार्फत् हुने ठगीे र अरुलाई आफ्नो बैकिङ विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत् बैंकले चेतनामूलक सूचना फैलाइरहेको छ ।
यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आइटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमितरुपमा प्रशिक्षण समेत गरिरहेको छ । हाल गरिमा विकास बैंक ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटिएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्