सहकारी दिवसमा म्याग्दीमा तीने दिने अभिमुखिकरण सम्पन्न «

सहकारी दिवसमा म्याग्दीमा तीने दिने अभिमुखिकरण सम्पन्न

म्याग्दी-६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले म्याग्दीले ३ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । दिवसका अवसरमा पहिलो दिन चैत १६ गते ऋण विश्लेषण तालिम, दोस्रो दिन चैत १७ गते सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम र तेस्रो दिन चैत १८ गते समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।
तीनसम्म सञ्चालन हुने कार्यक्रमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उद्घाटन गरेका छन् । कार्यक्रममा जिसीले नेपालमा सहकारीको औपचारिक शुभारम्भ भएको दिन चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइदै आएको र दिवसका सन्दर्भमा सबै सहकारी संघ संस्थाहरुले सकारात्मक सन्देश दिने गरी गतिविधि गर्नु पर्नेमा जोड दिए ।
ऋण व्यवस्थापन तालिमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका निवर्तमान कोषाध्यक्ष नारायण आचार्यले गरेका छन् । सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिममा नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले सहजीकरण गर्ने संघले जनाएको छ । राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा मुल समारोह आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्