नेपाली निर्माण व्यवसायी र श्रीलंकाका राजदूतबीच छलफल «

नेपाली निर्माण व्यवसायी र श्रीलंकाका राजदूतबीच छलफल

नेपालका निर्माण व्यवसायीसँग काम गर्न इच्छुक रहेको श्रीलंकाले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणा तिलकाले दुई देशको आर्थिक विकासका लागि नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गर्न तयार रहेको बताएकी हुन् ।
भेटमा निर्माण व्यवसायीहरुले नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ । प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो । श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको थियो ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार ई. विरेन्द्रराज पाण्डे, महासचिव रोशनदाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकिय अधिकृत शुवेक्षा सिंहललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्