ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ सेवा रोल्पामा «

ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ सेवा रोल्पामा

ग्लोबल आइएमई बैंकले रोल्पाकोे दरबोट बजारमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या २५७ पुगेको जनाएको छ ।
नयाँ शाखा रहित बैंकिङ सेवाको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गरे ।
शाखा रहित बैंकिङ सेवाबाट ग्रामिण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न सेवा प्रदायकको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैकले जनाएको छ ।
कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखा रहित बैंकिङ सेवा सुरु गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्