पर्यटन प्रबद्र्धनमा एभरेष्ट बैंकको साथ

एभरेष्ट बैंकले नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । लामो समयदेखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी विभिन्न विषय वस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बंैकका ब्रान्ड फेस मिङ्मा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका छन् । कार्यक्रममा बैंकका नायवमहाप्रबन्धक डा. सन्धीरकुमार र पर्यटन विभाग तथा बैंकका अन्य उच्चअधिकारीहरू पनि सामेल थिए ।
कार्यक्रमको दौरान बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्ये नजर गर्दै यसको चर्चा बढाउन बैंकले ‘सगरमाथाको १२ फरक फरक मुहारहरू’ जस्तो अनुपम विषयवस्तुलाई चित्रण गरेको हो विज्ञप्तिमा जनाएको छ । बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहक छन् । देशभर १०२ शाखा सञ्जाल छ भने १३४ एटीएम बुथ रहेका छन् ।