राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण «

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

काराष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केवाई बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । उनले हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।
यस आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम बैंकमार्फत उपलब्ध गराइने छ ।
कुनै एक इकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्