सिमरा सेजमा सबै प्रकारका उद्योग सञ्चालन हुने «

सिमरा सेजमा सबै प्रकारका उद्योग सञ्चालन हुने

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र सेजमा सबै प्रकारका उद्योग सञ्चालन गर्न सकिने भएको छ । निर्माण तयारी सकिए लगतै गार्मेन्ट प्रशोधन केन्दका लागि छुटयाइएको ‘ए’ बल्कमा गार्मेन्ट उद्योग सञ्चालनको लागि तयार नभए पछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले सबै प्रकारका उद्योगलाई सञ्चालनका लागि प्रस्ताव आह्वान थालेको हो ।
८३३ बिगाह क्षेत्रफल रहेको प्राधिकरणको ५ बल्क मध्ये ‘ए’ बल्क ३३३ बिगाह क्षेत्रफलमा फैलिएको छ । जमिन भन्दा उद्योग राख्न कर्जालगायतका झण्झटमा कमी देखेपछि प्राधिकरणको पछिल्लो निर्णयप्रति उद्योगीहरु उत्साहित बनेका छन् । उनीहरुले चाँडै नै विद्युत्, उद्योगको प्रदुषण निकाश, सेजमा प्रवेश गर्ने राजमार्गबाट १ किलोमिटर भित्र पहुँचमार्गको सडक बलियो बनेसँगै उद्योगका लागि सेजमा प्रवेश गर्ने बताएका छन ।
सेजले ६ महिनामा सक्ने गरी ३० मिटरको कालोपत्रे सडक, १ सय ३३ केभिको विद्युत् प्रशारण लाइन र सडक निर्माण थालेको जनाएको छ । सेजमा आउने ठूला मालबाहक सवारी साधन राजमार्गबाट सेजसम्म १ किलोमिटर सडक साँघुरो हुँदा सडक बिस्तार नभएसम्म आउन सक्ने अवस्था नरहेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय साहले बताए ।
सेजमा उद्योग सञ्चालन गर्दा सुरक्षाका लागि सशस्त्र प्रहरी बल स्थापना गरीएको छ । प्रशासनिक भवनसँगै भन्सार, बैंक, बिमा, दमकल, स्वास्थ्य केन्द्र, हुलाक, इन्टरनेट, शिशु स्याहार केन्द्र, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण भइसकेकोे सिमरा सेजका प्रमुख इन्जिनियर जिवन पौडेलले बताए
सेजमा सञ्चालन हुने उद्योगका लागि प्राधिकरणले प्रति वर्गमिटर प्रत्येक महिना २० रुपैयाँ भाडा तोकेको छ । उद्योगको पूर्वाधार भने उद्योगीले नै बनाउनु पर्नेछ ।
पछिल्लो समय बारा पर्साका ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगले स्थानीय जनप्रतिनिबाट व्यहोर्नुपरेको दवावबाट मुक्त हुन उद्योगीहरु सेजप्रति आकर्षित हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्