कैलालीका स्थानीय तहको बजेट खर्च न्यून «

कैलालीका स्थानीय तहको बजेट खर्च न्यून

कैलालीका स्थानीय तहहरूले पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । जिल्लाका सबै जसो स्थानीय तहमा दोस्रो चौमासिकसम्म निकै न्यून बजेट खर्च भएको छ । केही स्थानीय तहमा योजनाहरु नै सुरु हुन सकेका छैनन् ।
कैलालीका १३ वटा स्थानीय तहले यस वर्ष पर्याप्त बजेट खर्च गर्न सकेका छैनन् । दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३.११ प्रतिशत खर्च गरेको छ भने सबै भन्दा कम गोदावरी नगरपालिकाले ३०.३९ प्रतिशत खर्च गरेको छ । यस्तै धनगढी उपमहानगरपालिकाले ३६.१५ प्रतिशत, गौरीगंगाले ३९.६१ प्रतिशत घोडाघोडीले ३४.५८ प्रतिशत, टिकापुरले ३५.७ प्रतिशत, भजनीले ३८.५४ प्रतिशत, लम्कीचुहा नगरपालिकाले ३९.४६ प्रतिशत खर्च गरेका छन् ।
यस्तै गाउँपालिकाहरुमा चुरेले ३४.६० प्रतिशत, जानकीले ३१.४२ प्रतिशत, जोशीपुरले ३९.६७ प्रतिशत, बर्दगोरियाले ३१.२३ प्रतिशत र मोहन्यालले ३७.६६ प्रतिशत खर्च गरेका छन् । समग्रमा सबै स्थानीय तहको खर्च ३६.६ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक जगतप्रकाश भट्टले बताए ।
विगतमा पनि स्थानीय तहले पर्याप्त बजेट खर्च गर्न सकेका थिएनन् । प्रत्येक वर्ष दोहोरिइरहेको असारे विकासका कारणले पनि समयमै बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएको छ । यही गतिमा पालिकाहरूले बजेट खर्च गरेमा लक्ष्य पूरा गर्न समेत कठिनाइ हुने भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्