कोभिड संक्रमण बढ्ने भयमा श्रम गन्तव्यबाट फर्कने बढे «

कोभिड संक्रमण बढ्ने भयमा श्रम गन्तव्यबाट फर्कने बढे

कोभिड १९ संक्रमण पुन बढदै गएपछि वैदेशिक रोजगारबाट फर्कने नेपालीको संख्यासमेत वृद्धि भएको पाइएको छ । कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले सार्वजानिक गरेको तथ्यांकअनुसार पछिल्लो २ हप्ताको तुलनामा यो हप्ता उद्दार गरिएका वा आफैं फर्कने श्रमिकको संख्या वृद्धि भएको हो । सरकारले हालसम्म पनि विदेशबाट आएका नेपालीको तथ्यांकलाई उद्दारको सूचीमा नै राख्दै आएको छ । एक वर्ष अघि विश्वव्यापी रुपमा फैलिएर पुनः घटेको कोभिड संक्रमणदर भारतलगायत खाडी राष्ट्रमा पुन पैmलिन थालेपछि वैदेशिक रोजगारीमा रहेर विभिन्न कारणले फर्किने नेपाली श्रमिकको संख्या बढेको छ ।
विदेशबाट फर्कनेको संख्या फागुन २८ पछि ३ हजार ५० बढी नेपाली स्वदेश फर्किएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैतको पहिलो हप्ता सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांक अनुसार, फागनु १४ देखि २१ गतेसम्म १४ हजार ९ सय ४८ र २१ देखि २८ सम्म १५ हजार ७ सय ९७ फर्किएको उल्लेख छ । तर चैत ६ गतेसम्म फर्कनेको संख्या ३ हजार बढेर १८ हजार ८ सय ४७ पुगेको छ । यसरी नै ६ गतेपछि १२ सम्म फर्कने संमग्र नेपालीको संख्या भने एक हप्तामा २२ हजार भन्दा बढी पुगेको छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँबाट फर्कनेको संख्या भने बढेको बताए । तर उनले नेपालको प्रमुख श्रम गन्तव्य खाडीलगायत मलेसियामा रहेका नेपाली नियोगले ठूलो संख्यामा नेपाली प्रभावित भएको भनेर नियोगले जानकारी नगराएको बताए । कोरोना संक्रमणका कारण हालसम्म ३ लाख ५६ हजार १ सय ७ नेपाली फर्किएकोमा श्रमिकको संख्या मात्र चैत ६ गतेसम्म ३ लाख ३३ हजार ६ सय १७ रहेको छ ।
संक्रमणका कारण रोजगारी गुमाएर प्रमुख ७ श्रम गन्तव्य युएई, कतार, कुबेत, साउदी अरब, मलेसिया, ओमान र टर्की र भारतबाट धेरै फर्किएको पाइएको छ । त्यसमध्ये युएईबाट १ लाख ९ हजार, कतारबाट ८३ हजार ९ सय २१, कुबेत १९ हजार २ सय १३, साउदी अरब ३५ हजार १ सय ५६, मलेसिया ३९ हजार ५ सय ७०, ओमान ४ हजार १०, टर्की १० हजार र तथ्यांक राखिएको भारतबाट २२ हजार फकिएको छन । भारतबाट लाखौको संख्यामा फर्किएपनि सीएमएमसीको तथ्यांकमा रहेका भने २२ हजार मात्र रहेका छन् ।
नेपाल फर्ककामध्ये अधिकाशं भिसा र करार समाप्त भएका र रोजगारी गुमाएका छन । यसै गरी बेतलवी विदा लिएका र जटिल स्वास्थ्य समस्या भएका धेरै श्रमिक रहेका छन् । हाल फर्किएका मध्ये ९० प्रतिशत भन्दा बढी संक्रमणका कारण रोजगारी गुमाउने रहेका छन् । सरकारले असोजसम्म प्राथमकितका आधार श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकलाई स्वदेश फिर्ता पठाएपनि त्यस यता भने नियमित उडानमा स्वेच्छाले नेपाली फर्किदै आएका छन् । साउदी अरेबियामा पछिल्लो ४ दिनमा लगातार दैनिक चार सय भन्दा बढीमा कोभिड १९ का संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्