Logo

एमाले पार्टी कार्यालयको नयाँ भवन निरीक्षणमा प्रधानमन्त्री ओली

PM KP Sharma Oli during foundation-stone laying ceremony of Prime Minister Residency building on the Baluwatar premises,Kathmandu on Thursday . POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गरे ।
बुधबार थापाथलीस्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् । प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो । नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो ।
साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ । हाल नेकपा(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहेको छ । थापाथलीस्थित उक्त घरमा कार्यालय राख्न पाँच वर्षका लागि सम्झौता भएको र बैशाख १ गते सर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्