प्रथम गजुरी महोत्सव स्थगित «

प्रथम गजुरी महोत्सव स्थगित

गजुरी– बिहीबारदेखि सुरु हुने प्रथम गजुरी महोत्सव स्थगित गरेको छ । बुधबार बिहान महोत्सव स्थलमा आयोजकले पत्रकार सम्मेलन गरी महोत्सव स्थगित गरिएको जानकारी गराएका थिए । महोत्सव कोभिड–१९ का कारण स्थगित भएको मेला संयोजक सुमित श्रेष्ठले पत्रकार सम्मेलन अन्य गरेका थिए ।
प्रथम गजुरी महोत्सव गर्न जिल्ला प्रशासन कार्यालय धादिङबाट आयोजकले अनुमति नलिएको र नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोक्न भनिएको हो । अवस्था सहज भए गर्न सकिने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । यसअघि गजुरी गाउँपालिकाबाट गत फागुन ९ गते साना तथा मझौला व्यावसायी महासंघ धादिङले सहमति लिएको थियो ।
एक घर एक उत्पादन भन्ने नारा सहित स्थापना भएको साना तथा मझौता व्यवसायी महासंघ जिल्ला शाखा धादिङले उद्यम व्यवसायको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले चैत १२ गतेदेखि २४ गतेसम्म गजुरी गाउँपालिकास्थित गजुरी बजारमा महोत्सव सञ्चालन गर्न ८० प्रतिशत तयारी पूरा गरिसकेको थियो ।
महोत्सवमा साना तथा मझौला उद्योगका उत्पादन कृषि, दुग्धजन्य, प्रदर्शनी तथा बिक्री, खाना महोत्सव, अटो, हस्ताकला, मेसेनरी, फुड एण्ड वेभरेज, गार्मेन्ट, कार्पेट, स्टल राखिने तयारी थियो । महोत्सवको आकर्षणका रूपमा घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरूको प्रर्दशनी, हेलिकप्टरबाट दृश्यावलोकन, विभिन्न खेल तथा मनोरन्जन, कृषि प्रदर्शनी रहने गरी तयारी अन्तिम चरणमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्