गाउँ–गाउँमा बैंक खोल्न आग्रह «

गाउँ–गाउँमा बैंक खोल्न आग्रह

प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रदेश–२ का ग्रामिण भेगमा बैंकिङ सेवा पु-याउन आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका विभिन्न बैंकका प्रमुखहरुसँग छलफलमा प्रदेश प्रमुख अहिराजले प्रदुश २ का नागरिकलाई बैंकको सेवा प्रवाहमा बैंकर्सहरुको ध्यानाकर्षण गराउँदै जनतालाई बैंकसँग सहज पहुँचका लागि आग्रहसमेत गरेका हुन् ।
उनले प्रदेश २ को गाउँ–गाउँमा बैंकको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भने, “जनतालाई बैंकका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैंकको स्थापना हुनुपर्छ ।’” उनले बैंकहरुले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका खेल्न सक्ने पनि औंल्याएका हुन् ।
युवा शक्ति विदेशिनु परेकोले ती युवाहरुलाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ क्षेत्रले ठूलो योगदान दिनसक्ने प्रदेश प्रमुखले औंल्याएका थिए । आफ्नै देशमा केही गर्न सक्ने युवाहरु पैसाको अभावमा विदेशिनु परेको जानकारी गराउँदै त्यस्ता युवाशक्तिलाई बैंकले सहुलितमा ऋण उपलब्ध गराउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्