शैक्षिक संस्था र उद्योग बीच अन्तक्र्रिया «

शैक्षिक संस्था र उद्योग बीच अन्तक्र्रिया

इन्जिनियरिङ शिक्षाको सिभिल तथा आर्किटेक्चर विषयको अध्यापनमा संलग्न संस्था, विद्यार्थी र उद्यमी बीच अन्तक्र्रिया आयोजना गरियो ।
केएमसी एडुकेसन नेटवर्क अन्तर्गतको हिमालय कलेज अफ इन्जिनियरिङले बजार सुहाउँदो दक्ष एवं व्यावहारिक इन्जिनियर उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो ।
सभ्य एवं समृद्ध नेपालको निर्माणमा निर्माण व्यवसायीको योगदान महŒवपूर्ण रहन्छ भने त्यसका निम्ति दक्ष जनशक्ति उत्पादन गर्ने इन्जिनियरिङ कलेजको भूमिका पनि त्यतिकै हुन्छ । इन्जिनियरिङ कलेज र निर्माण व्यवसाय एक अर्काका परिपूरक हुन् । तर तिनका बीच सहकार्यको अभावले निर्माण व्यवसायीहरूले अपेक्षा गरे जस्तो व्यावहारिक ज्ञान तथा सीपप्राप्त गरेका इन्जिनियरहरु नपाउने र इन्जिनियरिङ कलेजबाट उत्तीर्ण भएका विद्यार्थीले आवश्यकता अनुसारको काम नपाउने परिस्थिति देखिएको कलेजले जनाएको छ ।
एकेडेमिया र इन्डष्ट्रीबीच सहकार्य हुदाँ मात्र मुलुकमा गुणस्तरीय एवं आवश्यकीय शिक्षा प्राप्त हुने एवं रोजगारीमा सन्तुलन हुने कलेजले जनाएको छ ।
एकातिर रोजगारी नपाउने समस्या छ भने अर्कातिर उद्यमीहरूले दक्ष जनशक्ति नपाउने अवस्था छ । त्यसैले पछिल्लो समय शैक्षिक संस्था र उद्यमीहरू बीच अन्तक्र्रिया गरी यो खाडल हटाउने अभियान चलेको छ । राष्ट्रका दुई अत्यावश्यकीय संस्थाहरू जो शिक्षा, रोजगार र समृद्धिसँग जोडिएका छन् तिनीहरू सँगै बसेर भौतिक पूर्वाधारको निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्ने र भौतिक निर्माणका क्षेत्रमा दक्ष जनशक्तिबाट गुणस्तरीयता कायम गर्न यस्तो अन्तक्र्रिया उपयोगी हुने कलेजले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्