तीन दिनदेखि मुगुलगायत कर्णालीमा नेटवर्क अवरुद्घ

मुगु– कर्णाली प्रदेशका ५ जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडिएसएल, जीएसएम, सिडिएमए र डाटा सेवाहरू तीन दिनयताबाट अवरुद्घ भएका छन् ।
यही शनिबार राति दैलेख जिल्लाको महावु लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आउँदा कर्णालीका ५ जिल्लामा नेटवर्क अवरुद्घ भएको होे ।
महावुमा रहेको टावरमार्फत कर्णाली प्रदेशका जुम्ला, कालिकोट, डोल्पा र मुगुमा रेडियो लिङ्गअन्तर्गत एडिएसएल, जीएसएम, लेनलाइन सेवा नेपाल टेलिकमले दिँदै आएकामा शनिबार राति रेडियो लिङ्गमा समस्या आउँदा अहिले एडिएसएल र डाटा नेट सेवा र जीएसएम, सिडिएमए भ्वाइस सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख अनन्त मल्लिकले बताए ।
तत्कालका लागि सेवा सञ्चालन गर्न काठमाडौंबाट नयाँ सामानसहित प्राविधिक टोली सोमबार सुर्खेत पुगेको छ उक्त टोली मंगलबार साँझ महावुलेखमा पुगेर बिगे्रको मेसिन मर्मत गरेपछि बुधबारसम्म अवरुद्घ नेटवर्क सेवा नियमित हुने पनि प्रमुख जिल्ला अधिकारीले जानकारी गराए । उनले भने, ‘अहिले समान्यमर्मत सुधार गरेर सेवा सञ्चालन मात्र गर्ने छौं बैशाख महिनाको पहिलो सातासम्म भारतको कोलकाताबाट नेपाल टेलकमले मगाएको क्षमता वृद्घि गर्ने नयाँ मेसिनहरू नेपाल आइपुग्ने छन् त्यसपछि टेलिकमले कर्णालीका विकट, दुर्गम जिल्लालाई पहिलो प्राथमिकतामा राखी महावु, भत्ता, डाँफे र थार्प लेखमा इन्टरनेट, भ्वाई र लेनलाइनहरूको क्षमता वृद्घि गर्न मेसिनहरू जडान गर्ने योजना बनाएकाले वैशाख पछि कर्णालीवासीहरूले गुणस्तरीय र तीव्र गतीको इन्टरनेट तथा भ्वाइस सेवा प्रयोग गर्न पाउनेछन् ।’
चार दिनबाट नेट सेवा नहुँदा नेटजन्य सेवाहरूबाट कर्णालीवासी बञ्चित भएका छन् मुख्य गरी बैंक तथा वित्तीय सेवादिन र दिन समस्या परेको छ भने स्थानीय सरकारहरूले संचालनमा ल्याएर अनलाइन सप्तवयर्सहरू पनि नचल्दा राजश्व संकलन, कार्यक्रम तथा योजनाहरूको भुक्तानी गर्न समस्या परेको छ ।
इन्टरनेट नभएकै कारण नेपाल पे्रस काउन्सिलले संचालन गरिरहेको ८० घण्टे अनलाइन पत्रकारिता तालिममा कर्णालीबाट सहभागी पत्रकारहरूले ८ गते यताबाट भिजुएल तालिममा सहभागिता जनाउन सकिरहेका छैनन् । प्रत्येक दिन बिहान ७ बजेबाट ९ बजेसम्म सञ्चालन हुने पत्रकारिता तालिम लिनबाट आफू वञ्चित भएको प्रशिक्षार्थी पत्रकार हस्तबहादुर भामले बताए ।
नेपाल टेलिकमले कर्णालीमा फोरजी सेवा दिएको भने पनि नेटको गती सुस्त हुँदा यहाँका स्थानीयहरू टेलिकमले ठगेको भन्दै आएका छन् । डाटा प्रयोगकर्ता गेहेन्द्रशमशेर मल्ल भन्नुहुन्छ जीएसएम नेटवर्कबाट फोरजी १० जीविको डाटा आफूले लिँदै आए पनि इन्टरनेटको गति सुस्त हुँदा त्यति कै सकिनेछ नेटवर्क खोज्न सरवर घुदाघुम्दा टाउको दुख्छ तर नेट चल्दैन ।